Tuesday, November 24, 2015

गौराती मेला आजदेखि सुरु

चौतारा, ९ मङ्सिर । सिन्धुपाल्चोकको सबैभन्दा ठूलो मानिँदै आएको गौराती भीमेश्वरको मेला आजदेखि सुरु भएको छ ।

चौतारा नगरपालिका–२ स्थित गौराती डाँडामा अवस्थित गौराती भीमेश्वरको मन्दिरमा बेलुकादेखि रातभर भव्य मेला लाग्ने भए पनि बिहानैदेखि दर्शनार्थीको भिड लाग्न थालेको छ । तीन महिनादेखि तराईमा आन्दोलन चलिरहे पनि व्यापार गर्न आउने तराईवासी गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य रहेको स्थानीयवासी मानबहादुर तामाङले जानकारी दिनुभयो ।

पुत्रप्राप्ति र मनले चिताएको पूरा हुने विश्वासमा कतिपयले बेलुकादेखि दियोमा बत्ती बाल्नाका साथै महादीप बालेर रातभर जाग्राम बस्ने गर्छन् । व्रतालु भक्तजनको सङ्ख्या पनि उल्लेख्य रुपमा वृद्धि हुँदै आएको मन्दिरका पुजारी बलबहादुर श्रेष्ठले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...