Sunday, November 22, 2015

भरतीय नाका वन्दि बिरुद्ध कोलोराडोमा बिरोध प्रर्दशन हुने

नोभेम्वर २२, २०१५
कोलोराडो, अमेरीका

भारतले लगाएको नाका बन्दिलाई बिश्वब्यापी बनाउने र नाकाबन्दि हटाउन दबाव सृजना गर्ने उद्धेश्यले कोलोराडो निवासी नेपालीहरुले आगामी नेभेम्वर २९ मा डेनभर डाउनटाउनमा बृहत बिरोध ¥याली प्रदर्शन गर्ने भएका छन् ।
कोलोराडो स्थित सम्पुर्ण संघ संस्थाको आयोजना र नेपाली समाजको सहयोग तथा रकि माउन्टेन फ्रेन्डस् अफ नेपालको आवहानमा बृहत बिरोध ¥याली प्रदर्शन गरिन लागेको हो ।
यहा स्थित संघ संस्थाका पदाधिकारीहरुको संयुक्त बैठकले मातृ भुमी नेपालमा अत्यावश्यक औषधी ख्ाँद्यान्न लगायत अन्य आवश्यक सामानको अभाव दिनानु दिन बढ्दै गएको बर्तमान अवस्थामा हाम्रा बा आमा, दाजु भाई, दिदी बहिनीले बेहोर्नु परेको चरम मानविय अभावको मुख दर्शक भएर बस्न नसकिने भन्दै अघोषित नाका बन्दिको बिरोध गर्ने निर्णय गरेको नेपाली घरका अध्यक्ष योगराज गौतमले बताएका छन् ।
उनीहरुले नेपाल सरकार तथा राजनैतीक दलहरुलाई आºनो ब्यक्तिगत तथा पार्टिगत स्वार्थ भन्दा माथी उठेर जनताका उचीतमागको सम्वोधन गर्न सल्लाह दिएका छन् । त्यसैगरी उनीहरुले कसैको डर धम्कीले नेपाल र नेपालीको आस्था र स्वभिमानमा चोट पार्ने कुनै पनि निर्णय नगर्न , देश बिखन्डन हुन सक्ने जस्ता अभिब्यक्ति नदिन तथा त्यस्ता क्रियाकलाप नगर्न समेत आग्रह गरेका छन् ।
नोभेम्वर २९ आईतबार दिउसो २ बजे देखि ४ बजे सम्म डेनवर डाउनटाउनमा गरिन लागेको बिरोध कार्यक्रममा नेपाली र नेपाल प्रति सद्भाव राख्ने सबैलाई सहभागीहुन अनुरोध गरेका छन् । उनीहरुले आनो छुट्टै जातीय पहिरहन हुनेलाई जातीय पहिरहनमा सहभागी हुन, राष्ट्रिय झण्डा हुनेहरुले कार्यक्रममा आउदा लिएर आउन समेत आग्रह गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...