Tuesday, November 3, 2015

क्ससमा नेपाली जनसम्पर्क समितिको आयोजनामा शुभ-दिपावलीको कार्यक्रम हुने

nejasaनेपालीहरुको दोस्रो महान पर्व शुभदिपावलीको पावन अबसरमा टेक्सासको ड्यालसमा शुभकामना आदनप्रदान कार्यक्रम नेपाली जनसम्पर्क समिति ड्याल फोटवोर्थ च्याप्टर (नेजस) र वेस्ट टेक्सास च्याप्टरको संयुक्त आयोजनामा आउँदो नोभेम्वर ८ तारिख आईतबार हुने भएको हो ।

चाडपर्वको अवसरमा विदेशमा रहेका नेपालीहरुलाई एकजुट वनाई चाडपर्वको खुसीयाली साटासाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको नेजस वेस्ट टेक्सास च्याप्टरका अध्यक्ष हरिबोल भण्डारीले बताए ।

टेम्टेशन रेन्टुरेण्ड (लिटल नेपाल) अर्बिङ्गमा कार्यक्रम साँझ ३ बजेदेखि सुरु हुने नेजस ड्यालस फोटवोर्थ च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए । हिमालयखवरसँग कुरा गर्दै कार्कीले ड्यालस फोथवोर्थ वरिपरि बसोबास गर्ने सम्पूर्ण नेपाली भाषीहरुलाई शुभकामना आदनप्रदान कार्यक्रममा उपस्थिति हुन सबैमा आग्रह गर्नु भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...