बेरुत, १४ मङ्सिर । उत्तरपश्चिमी सिरियामा आइतबार भएको एक हवाई आक्रमणमा कम्तीमा १८ सर्वसधारणको मृत्यु भएको समाचार छ ।
विद्रोहीको बलियो प्रभाव रहेको सो इलाकामा भएको सो हवाई आक्रमण रसियासँग आवद्ध भएको अनुमान गरिएको छ ।
यस आक्रमणमा परी १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएको मानव अधिकारवादी समूहले जनाइएको छ ।
उक्त हवाई आक्रमण इद्लिब प्रान्तको अरिहा सहरमा भएको छ । यस सहरमा इस्लामिक स्टेट र अलकायदासँग आवद्ध अल नुस्रा फ्रोन्टका आतङ्ककारीहरूको बलियो प्रभाव रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन साढे चार वर्ष पुगी सकेको छ ।
सिरियामा जारी यस हिंसामा सन् २०११ देखि हालसम्म कम्तीमा पनि साढे दुईलाख नागरिक मारिएका छन् ।
पछिल्लो समयमा आईएस खोज्ने निहूँमा पनि फ्रान्स, रसिया र अमेरिकाले नै सिरियामा हवाई कारबाही जारी राखेका छन् ।
ती आक्रमणहरूमा सर्वसाधारण मारिने क्रम जारी नै रहेको छ । नोभेम्बरको सुरुमा
इद्लिव प्रान्तको दुई वटा सहरमा रसियासँग आवद्ध एक हवाई आक्रमणहरूमा पनि कम्तीमा ११ जना सर्वसधारण मारिएका थिए ।
No comments:
Post a Comment