Monday, November 30, 2015

भारतीय नाकाबन्दि विरुद्ध कोलोराडोमा बिरोध प्रर्दशन

DSC_0172भारतले लगाएको नाकाबन्दिकोे बिरोधलाई विश्वव्यापी बनाउने र नाकाबन्दि हटाउन दबाव सृजना गर्ने उद्धेश्यले कोलोराडो निवासी नेपालीहरुले आईतबार डेनभर डाउनटाउनमा बृहत बिरोध ¥याली प्रदर्शन गरेका छन् ।

कोलोराडो स्थित सम्पूर्ण संघ संस्थाको आयोजना र नेपाली समाजको सहयोग तथा रकि माउन्टेन फ्रेन्डस् अफ नेपालको आवहानमा बृहत बिरोध ¥याली प्रदर्शन गरिएको हो ।  सहभागीहरुले“ब्याक अफ ईन्डिया, ब्याक अफ मोदी, ईन्डिया स्टप द ब्लकेड” जस्ता ब्यानर र प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए । मातृभूमी नेपालमा अत्यावश्यक औषधी ख्ाँद्यान्न लगायत अन्य आवश्यक सामानको अभाव दिनानु दिन बढ्दै गएको वर्तमान अवस्थामा हाम्रा बाआमा, दाजुभाई, दिदीबहिनीले बेहोर्नु परेको चरम मानविय अभावको मुक दर्शक भएर बस्न नसकिने भन्दै अघोषित नाकाबन्दिको बिरोध गरेका थिए ।

DSC_0067

उनीहरुले नेपाल सरकार तथा राजनैतीक दलहरुलाई कसैको डर धम्कीले नेपाल र नेपालीको आस्था र स्वाभिमानमा चोट पार्ने कुनै पनि निर्णय नगर्न , देश बिखन्डन हुन सक्ने जस्ता अभिव्यक्ति नदिन तथा त्यस्ता क्रियाकलाप नगर्न समेत आग्रह गरेका छन् । त्यसैगरी उनीहरुले आºनो व्यक्तिगत तथा पार्टिगत स्वार्थ भन्दा माथि उठेर आन्दोलनकारीको उचीतमागको सम्वोधन गर्न सल्लाह समेत दिएका छन् ।

DSC_0057दिउसो २ बजे देखि साडे ३ बजे सम्म सञ्चालन भएको बिरोध प्रर्दशन कार्यक्रममा यहा स्थित संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्धिजीवी, पत्रकार, नेपाली मुलका भुटनिज, सर्वसाधारण र नेपाल प्रति सद्भाव राख्ने स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । बिरोध कार्यक्रममा सहभागी केही आनो छुट्टै जातीय पहिरहनमा सहभागी भएका थिए भने केही महिलाहरु साडी चोलो र पुरुषहरु दौरा सुरुवाल लगाएर आएका थिए । बाक्लो हिउ“ र चिसो सिरेटोको समेत प्रवाह नगरी स्वस्फुर्द रुपमा उपस्थित सहभागीहरुले मानव अधिकारको रक्षा गर, स्वतन्त्र पारवाहन अधिकारको सुनिश्चीत गर, जस्ता नाराहरु लगाएका थिए ।

DSC_0130 DSC_0060 DSC_0045

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...