Sunday, November 29, 2015

आगलागीबाट लाखौँको क्षति, बालक घाइते

aaglaagiगोलबजार (सिरहा), १४ मङ्सिर । सिरहा नगरपालिका– ७ स्थित नेपाल स्टिल फर्निचर उद्योगमा गएराति आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

आगलागीबाट उद्योगमा रहेका करिब रु तीन लाखभन्दा बढीको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आगलागी हुनेबित्तिकै स्थानीयवासीले नियन्त्रणमा लिएपछि बढी क्षति हुन पाएन । आगलागी कसरी भयो भन्ने विषयमा केही खुुल्न नसकेको प्रहरीले जनाएको छ ।

उक्त आगलागीका क्रममा घरबाट भाग्न नसकेपछि जलेर उद्योग सञ्चालकका आठ वर्षीय छोरा गौरव शाह घाइते भएका छन् । उनको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको स्थानीयवासी सञ्जीव यादवले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...