Sunday, November 29, 2015

खालिदा जियालाई सोमबार अदालतमा उपस्थित गराइने

Khaleda-Zia__564677855ढाका (बङ्लादेश), १३ मङ्सिर । बङ्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचार आरोपमा सोमबार यहाँको विशेष अदालत सामु उपस्थित गराइने भएको छ ।

पूर्वप्रधानमन्त्री जियालाई गैरकानुनीरुपमा एक विदेशी ठेकेदार कम्पनीलाई राज्यको ढुकुटीमा घाटा पर्ने गरी ठेक्का सम्झौता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

जियालाई स्थानीय समयअनुसार ११:३० बजे विशेष अदालत–९ मा उपस्थित गराइने बङ्गलादेशको प्रतिपक्षी पार्टीका सल्लाहकार सनुल्ला मियाँले पत्रकार सगँको कुराकानीका क्रममा बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...