Sunday, November 29, 2015

छर्लङ्ग

gunraj luitel

 

 

 

 

 

सवैले प्रष्ट बुझुन भनेर
बोल्ने नबोल्ने सवै बोली दिएं
छर्लङ्ग देखियोस् भनेर
कपडा पनि खोली दिएं

तेज बल आओस् भनेर
नपिउने पनि पिइदिएं
के पो हुन्छर भनेर
शत्रुसंग पनि मिलिदिएं

किन राम र कृष्णहरुको मात्रै गाथा भनेर
सकुनी, दुर्योधन र राबणहरुको गीत गाइदिएं
पहिलै विफल भएको
दाउपेचसंग फेरि मित लाइदिएं ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...