Sunday, November 29, 2015

आज देश को के हाल भो”

ujjwal 1

आज देश को के हाल भो
सत्ता साता सात गर्ने मात्र सरकार भो
जनताहरुसबै लाचार भो
नेताहरु दुइ गुना चार भो
जनता भन्दानी कुर्शी को अधिकार भो
मरे जनता मर्छ, कसको के जान्छ
कुर्शी मा बस्ने सड्यन्त्र र चाल भो
हिजो एउटा अनि थपे दुइटा उपप्रधान मन्त्रि
आज कुर्शी मा ६ जना लम्पसार भो
आज देशको के हाल भो
सत्ता साता सात गर्ने मात्र सरकार भो
एउटा सहर र सरकार चुस्ने
अर्को तराई चुड्ने डाक्टर भो
संघियेताको नाममा
देश मा आगो बाल्ने विचार भो
हिजो थियो भारत मित्र दाता
आज सत्रु बनि तलवार को धार भो
आज देश को के हाल भो
सत्ता साता सात गर्ने मात्र सरकार भो
अझै नेताहरुको बुद्धि पालाको छैन
देश लुट्ने हुन्दारै हुन्दार भो
हे देश बनउने एउटा नेता त जन्म
जो आयेनी थुकेको थुक झैँ खकार भो
आज देश को के हाल भो
सत्ता साता सात गर्ने मात्र सरकार भो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...