Tuesday, November 3, 2015

थारू समुदायका अधिकांश महिला नागरिकता पाउनबाट वञ्चित

nagariktaपरासी, १८ कात्तिक । नवलपरासीको ग्रामीण क्षेत्रका अधिकांश थारू समुदायका महिला नागरिकता पाउनबाट वञ्चित भएका छन् ।

श्रीमतीलाई नागरिकता बनाइदिए सम्पत्ति दिनुपर्छ, जागिर गर्छन् भन्ने परम्परागत सोचका कारण श्रीमान्ले नागरिकता बनाइदिन नखोज्ने गरेको उनीहरुले गुनासो गरेका छन् । त्यसमा पनि कतिपय पढेलेखेका बुझेका पुरुषले समेत महिलालाई नागरिकता बनाइदिन नखोज्ने गरेको उनीहरुको भनाइ छ ।

नवलपरासीको तिलकपुरमा मङ्गलबार आयोजित कार्यक्रममा थारू समुदायमा महिला धेरै नागरिकताबाट वञ्चित हुनु परेको भन्दै उनीहरुले महिलामाथि हुने बलात्कारजस्तो अपराध पनि समाजमा केही नेताको भनसुनमा मिलापत्र गर्दा बलात्कार भएका महिला तथा किशोरीको जीवन असहज बन्न पुगेको समेत बताएका छन् ।

पीडितका परिवारलाई डरधम्की देखाएर कतिपय जघन्य अपराध पनि भित्रभित्रै मिलाउने गरेको भन्दै यस कार्यमा प्रहरी प्रशासनको समेत मिलोमतो हुने गरेकाले आफूहरुलाई कतिपय पीडितलाई न्याय दिलाउनका लागिसमेत गाह्रो हुने गरेको उनीहरुको भनाइ छ । महिलामाथि हुने घरेलु हिंसा, बलात्कार, बोक्सीको आरोप लगायतका हिंसाबाट पीडित महिलाको मञ्जुरीबिना परिवारलाई दबाब दिएर पैसाको लोभलालच देखाएर मिलापत्र गर्दा कतिपय महिला आत्महत्या गर्न बाध्य हुन परेको गुनासो पनि उनीहरुले गरेका छन् ।

यस्तो कामलाई निरुत्साहित पार्न आफूहरु सक्रिय भएर लागिपर्ने प्रतिबद्धतासमेत उनीहरुले जाहेर गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...