Saturday, November 21, 2015

कविता – ६ जना उपप्रधान मन्त्री

 

rakeshkarki

आए उभिए माला लगाए

एक दुई तिन गर्दै गन्ति

लौ हेर बथान ६, ६ जना

लस्करै उपप्रधान मन्त्री

के अब होला ६ गुना विकास?

तर भुकम्प पीडितको छैन बास

यो सानो देशमा कस्तो तमाशा

६ जनाबाट हुन्छ कि ठूलै आशा

जनता घोटिदै कर तिर्यातिर्यै

पसिनाको कमाई देशमा छिर्याछिर्यै

बिकसित देशमा जस्तो कल्ले गर्ला काम

६ वटा मन्त्रालय अनि तिन्को पछि लाम

थोत्रे मिनीबसमा मान्छे कोचे जस्तो

गरिमामय पद पनि भइदियो सस्तो

सबैलाई पदमात्र बाँकि कुरा कैले सोच्ने

६, ६ जनाले देश जनता सबै छेक्ने

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...