Friday, December 25, 2015

पूर्वी इन्डोनेसियामा भूकम्प

vukampaजाकार्ता, १० पुस । इन्डोनेसियाको पूर्वी भागमा शुक्रबार ५.९ रिक्टर स्केलको भूकम्प गएको त्यहाको भूगर्भशास्त्र अध्ययन संस्थाले जनाएको छ ।

सो भूकम्प स्थानीय समयाअनुसार शुक्रबार बिहान ६:१० बजे आएको बताइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु मलुकु टेङ्गगारा बरातदेखि २४२ किलोमिटर उत्तरपश्चिममा ११७ किलोमिटर गहिराईमा रहेको बताइएको छ ।

यस भूकम्पबाट भएको मानवीय हताहती तथा भौतिक क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन । इन्डोनेसियामा भूकम्प र ज्वालामूखीजस्ता प्रकोपले बारम्बार सताइरहेको पाइन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...