Friday, December 25, 2015

खानीमा पहिरोले २५ फसे

जीनान (चीन ), १० पुस । पूर्वी चीनको साङ्डोङ्गअविस्थत एक खानीमा शुक्रबार बिहान आएको पहिरोमा परी २५ व्यक्ति फसेका स्थानीय अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान करिब ७ः२६ बजे भएको सो दुर्घटनाको समयमा खानीमा २९ कामदार कार्यरत रहेका थिए ।

ती मध्ये चारजनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्वारको कार्य जारी रहेको बताइएको छ । तर फसेका व्यक्तिलाई बाहिर निकाल्न निकै गाह्रो भइरहेको उद्वारकर्मीहरुको भनाई छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...