Friday, December 25, 2015

दुर्घटनामा दुईको मृत्यु

Road Accident

पोखरा, १० पुस । पोखराको सिमपानीमा रोकीरहेको ट्र्याक्टरमा आज विहान मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सो ठाउँमा रोकी राखेको क१च २२२२ नम्बरको ट्र्याक्टरमा ग३प ५०२९ नम्बरको मोटरसाइकल ठोक्किँदा पोखरा बाटुलेचौरका वर्ष २३ का मोटरसाइकल चालक विवेक खवास र पछाडि बस्ने सोही ठाउँका वर्ष २५ का सुशील कार्कीको मृत्यु भएको हो ।

तीव्र गतिको मोटरसाइकल ट्र्याक्टरमा ठोक्किएपछि उनीहरु दुवै सडकमा बजारिएर सख्त घाइते भएका र पश्चिामाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै उनीहरुको मृत्यु भएको छ ।

प्रहरीले ट्र्याक्टर चालक रामबहादुर राईलाई नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...