Friday, December 4, 2015

सिरहामा मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाए

Motercycleगोलबजार (सिरहा), १८ मङ्सिर । सिरहाको महेशवारीमा मधेसी मोर्चाका कार्यकर्ताले आज ग्यास सिलिन्डर बोकेको एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

महेशवारीस्थित इलाका प्रहरी कार्यालय अगाडि लहान–डाठी सडक खण्डमा ज ६ प ५६८९ नम्बरको पल्सर मोटरसाइकलमा आगजनी गरी उनीहरुले पूर्णरुपमा क्षति पुर्‍याएका छन् ।

मोटरसाइकलमा भारतीय बजार लौकहाबाट ग्यास सिलिन्डरमा भरेर ल्याउने क्रममा चार/पाँच जनाको समूहमा रहेका व्यक्तिहरुले मोटरसाइकल रोकेर आगजनी गरेको पीडित सप्तरी हरिपुरका श्रीराम साहले जानकारी दिनुभयो ।

पीडित साहले भन्नुभयो, ‘ग्यासको व्यापारी हो भन्दै मोटरसाइकल रोक्यो । म व्यापारी हैन, घरका लागि ग्यास लाँदैछु भन्दाभन्दै गाडीको पेट्रोल पाइप खोलेर आगो लगाएर उनीहरु भागे ।’ आगजनी गर्नेहरुलाई चिन्न नसकेको उहाँले बताउनुभयो ।

यता, इलाका प्रहरी कार्यालय महेशवारीले मोटरसाइकल जलाएको आशङ्कामा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजलाल यादबका गाडी चालक अजय यादबलाई नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...