Friday, December 4, 2015

एघार दिनदेखि बेपत्ता बालक भेटिएनन्

बैतडी, १८ मङ्सिर । स्कूल जान्छु भनी हिँडेका बैतडी पाटनका एक बालक बेपत्ता भएको एघार दिनसम्म पनि भेट्टिएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बेपत्ता हुनेमा पाटन नगरपालिका–९ वसन्तपुरका १२ वर्षीय बालक प्रकाश सिंह बोहरा रहेका छन् । बेपत्ता बालकको खोजीका लागि आएको निवेदनका आधारमा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख मोहन पोखरेलले भन्नुभयो, “जिल्लाका सम्पूर्ण प्रहरी चौकीले खोजतलास गरिरहेका छन् ।”

बेपत्ता बालकका बुबा भानसिंह बोहराले बालक मङ्सिर ८ गते बिहान ९ बजे घरबाट हिँडेका बताउनुभयो । उहाँले भन्नुभयो, “स्कूल जान्छु भनी हिँडेको हो आजसम्म फर्केको छैन ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...