Friday, December 4, 2015

प्रधानमन्त्रीका प्रेस संयोजकको बिदाई

bidaaiबिर्तामोड, १८ मङ्सिर । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य चेतन अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजकका रुपमा नियुक्त भएकोमा प्रेस चौतारी झापाले शुभकामना तथा विदाई कार्यक्रमको आयोजना गरेको छ ।

प्रेस चौतारी झापाका अध्यक्ष गोपाल काफ्लेको अध्यक्षतामा बिर्तामोडमा आयोजित कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक, मोर्चा संगठन प्रमुख शिव ढुङ्गेल, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्यहरु नेत्र पाठक र तीर्थ सिग्देल, नेकपा एमाले प्रचार विभाग प्रमुख माधव विद्रोही, चौतारी अञ्चल सचिव सुब्रत न्यौपानेलगायतले अधिकारीको सफल कार्यकालको कामना गर्दै विदाई गरेका थिए ।

सो अवसरमा नवनियुक्त प्रेस संयोजक अधिकारीले आफूले प्रधानमन्त्री कार्यालयमा रहेर नेपाली पत्रकारहरुको अवस्था सुदृढ गर्न र सूचना संयन्त्रलाई व्यवस्थित गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...