Thursday, December 3, 2015

कास्कीमा बस दुर्घटना पच्चीस घाइते

Road Accidentकास्की, १७ मङ्सिर । पोखराबाट बेनी जाँदै गरेको यात्रुबाहक बस कास्कीको नयाँपुल नजिकै आज बिहान दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बागलुङ–पोखरा सडकखण्डअन्तर्गत कास्कीको सल्यान गाविस–९ नजिकै नयाँपुलको घुम्तीमा ग १ ख ३७९६ नम्बरको बस बिहान करिब ११ बजे दुर्घटना भएको थियो ।

घाइतेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...