Thursday, December 3, 2015

‘भाग्यले बाँचेकाहरु’बाट अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल उद्घाटन हुने

Bhagyale-Bachekaharu-Miracle-Survivals-in-Nepal-Earthquakeकाठमाडौं । आगामी मंसिर २४ गतेदेखि राजधानीमा सुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को उद्घाटन ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री प्रदर्शनीबाट हुने भएको छ ।

राजधानीको कुमारी हलमा सुरु हुने फेस्टिभलबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक हिमाल एसोसियसनले Dainiknepal.com का प्रधान सम्पादक गणेश पाण्डेद्वारा निर्देशित ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्टी प्रदर्शनीबाट फेस्टिभलको उद्घाटन गरिने जनाएको हो ।

‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्रीमा गत वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पमा परी बाच्न सफल र बचाउनेहरुको कथा रहेको छ । पाँच दिनसम्म चल्ने फेस्टिभलमा २५ देशको ८० वटा फिल्महरु देखाइनेछ । फेस्टिभलको समापन नेपालमा अन्तर्राष्ट्रियस्तरको होटल व्यवसाय थाल्ने बोरिस लिसानोभिचका बारे बनेको फिल्म ’टाइगर फर ब्रेकफास्ट’बाट गरिनेछ ।

आयोजक हिमाल एसोसियसनका बसन्त थापाले यसपटकको किम्फ भूइँचालो र पूनर्निर्माणमा केन्द्रित रहेको बताए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...