Saturday, December 26, 2015

आगलागीबाट १२ लाखको क्षति

रौतहट, १२ पुस । स्थानीय जेठरहिया गाविस–७ मा गएराति भएको आगलागीमा परी करिब रु १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार जेठरहिया गाविस–७ बस्ने निर्गुन सहनीको ५० फिट लामो र २० फिट चौडा भएको फुसको घरमा राति ११ बजे आगलागी हुँदा छवटा बाख्रा जलेर मर्नुका साथै दुईवटा गोरुसमेत जलेर घाइते भएका छन् ।

आगलागीबाट १० मन चामल, लत्ताकपडा, गरगहना, फर्निचरसहितका सामग्री र घर पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

आगो कसरी लाग्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । त्यस्तै सखुअवा धमौरा–५ बस्ने सत्यनारायण ठाकुरको तीन बिगाहा खेतको परालको थुप्रोमा आगो लागेर नष्ट भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...