Saturday, December 26, 2015

दुर्घटनामा मृत्यु

विराटनगर, १२ पुस । दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा गएराति २ बजे एकजनाको मृत्यु भएको छ ।

मोरङको दर्वेशा–९ बस्ने मोटरसाइकलमा पछाडि सवार मनोज कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रङ्गेली–५ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को५प ७३५५ नं र सोही दिशातर्फ जाँदै गरेको को१२प ६०६ नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा सो घटना भएको हो ।

गम्भीर अवस्थामा घाइते कटुवालको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...