Saturday, December 26, 2015

आन्दोलनको समाधानका लागि दुवै देशका सरकारलाई दबाब दिने

गौशाला, १२ पुस । भारत बिहारका सबैभन्दा ठूला पार्टी भारतीय राष्ट्रिय जनता दल (लालुप्रसाद यादव)का राष्ट्रिय उपाध्यक्ष एवम् नेपाल–भारत मैत्री यात्राका संयोजक डा रघुवंशप्रसाद सिंहले नेपालको तराईमा जारी मधेस आन्दोलनको समाधानका लागि नेपाल र भारत दुवै देशलाई दबाब दिने बताउनुभएको छ ।

महोत्तरीको मटिहानी सीमा नाका सम्सीसँगै जोडिएको भारतीय सहर मधवापुरमा शनिबार आयोजित नेपाल–भारत मैत्री यात्रा कार्यक्रममा नेता सिंहले नेपालको मधेसमा विगत चार महिनादेखि जारी आन्दोलनले आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रलाई धरासायी बनाएको ठहर गर्दै दुवै देशका सरकारलाई अब तत्काल तराई मधेसको बन्द खोलाउन दबाब दिने बताउनुभयो ।

उहाँले भारत र नेपालबीच बेटीरोटीको सम्बन्ध रहेको चर्चा गर्नु भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...