Saturday, December 26, 2015

रामपुर अस्पताल भवन शिलान्यास

रामपुर (पाल्पा), १२ पुस । रामपुर अस्पताल, पाल्पाको ५० श्ययाको नयाँ भवन शिलान्यास भएको छ । रामपुरमा १५ श्ययामा सञ्चालन हुँदै आएको अस्पतालको अब बन्ने नयाँ भवन १०५ कोठासहित ५० श्ययाको भवन निर्माण हुने भएको छ ।

रु २२ करोड २२ लाख पाँच हजार ३८३ को अनुमानित लागतमा टेन्डर भएकामा रविना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिब साढे १८ करोडमा तीन वर्षमा भवन सम्पन्न गर्ने गरी सम्झौता भएको ठेकेदार रामगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

गण्डकीबेँसी पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका जनतालाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले अब बन्न लागेको नयाँ भवनको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठले शिलान्यास गर्नुभयो ।

सचिव श्रेष्ठले देशैभर १०१ वटा स्वास्थ्य संस्थाको निर्माणमध्ये पाल्पामा चारवटा स्वास्थ्य चौकीको भवन निर्माण गर्ने स्वास्थ्य मन्त्रालयबाट निर्णय भएको बताउनुभयो । रामपुर अस्पतालका लागि एउटा एम्बुलेन्स स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराउने उहाँले बताउनुभयो ।

यो सेवाबाट गण्डकीबेँसीका पाँच लाखभन्दा बढी जनता लाभान्वित हुनेछन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...