Tuesday, December 29, 2015

अछामको विद्यालयलाई एक लाख ९० हजारको पुस्तक हस्तान्तरण

भक्तपुर, १५ पुस । एभरेस्ट इङ्गलिस स्कुल मिवाछेंमा स्थापना गरिएको एभरेस्ट जन्मदिन कोषले मङ्गलबार अछामको टोट्केसाल कालिकास्थानमा रहेको महेन्द्र माविलाई रु एक लाख ९० हजार बराबरको विभिन्न विषयका एक हजार ५४५ थान पुस्तक उपहार दिएको छ ।

विद्यालयमा राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, विद्यालयका संस्थापक प्राचार्य भक्त राजभण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक विष्टलाई हिजो ती पुस्तक हस्तान्तरण गर्नुभएको हो । विसं २०६६ देखि एभरेस्ट इङ्गलिस स्कुलमा अध्ययन गर्ने विद्यार्थीले वर्षमा एकपटक न्यूनतम रु ७० तथा शिक्षक÷कर्मचारीले न्यूनतम रु ७०० एभरेस्ट जन्मदिन कोषमा राख्नुपर्ने विद्यालयको नियम छ ।

कोषले आगामी फागुन १ गते पनि थप दुईवटा विद्यालयलाई पुस्तक उपहार दिने कार्यक्रम रहेको जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...