Tuesday, December 29, 2015

गौर चन्द्रनिगाहपुर तथा ग्रामीण सडकखण्डमा लुटपाटका घटनामा वृद्धि

रौतहट, १५ पुस । रौतहटको गौर, चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत गढवामा लुटेराको समूहले मङ्गलबार बिहान काठमाडौँबाट घर फर्कंदै गरेका दुईजनालाई चक्कु प्रहार गरी उनीहरुका साथबाट रु १५ हजार लुटेको छ

चक्कु प्रहारबाट काठमाडौँबाट चन्द्रनिगाहपुर पुगेर मोटरसाइकलमार्फत गन्तव्यस्थलतर्फ जाँदै गरेका धरमपुर गाविस–५ बस्ने मङ्कर गिरी र भारत विहार घर भएका पङ्कज जयसवाल सख्त घाइते भएका छन् । उनीहरुको गौर अस्पतालमा उपचार भइरहेको छ ।

गौर चन्द्रनिगाहपुर सडकखण्ड तथा ग्रामीण भेगका सडकखण्डमा केही सातायता लुटपाटका घटनामा वृद्धि भएपछि जिल्लावासी चिन्तित भएका छन् । प्रहरीको ध्यान हाल तराई मधेसमा जारी आन्दोलनमा केन्द्रित रहेका कारण पनि राजमार्ग क्षेत्रमै लुटपाटलगायत आपराधिक गतिविधिमा वृद्धि भएको जिप्रका, रौतहटले जनाएको छ । जिप्रका प्रवक्ता राजेन्द्र पोखरेलले अपराध हुने सम्भावित क्षेत्रमा प्रहरीले निगरानी सुरु गरिसकेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...