Monday, December 28, 2015

दुई हजार मेट्रिक टन आलु निकासी

potatoमुस्ताङ, १४ पुस । मुस्ताङबाट यस वर्ष दुई हजार २०० मेट्रिक टन आलु निकासी भएको छ ।

अनुकूल मौसमका कारण गत वर्षभन्दा यस वर्ष करिब चार प्रतिशतले आलु उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । चालु आवको सिजनमा जिल्लाभर तीन हजार ६५४ मेट्रिक टन आलु उत्पादन भएकामा दुई हजार २०० मेट्रिक टन आलु निकासी भएको कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिनुभयो ।

जिल्लाका किसानले व्यापारीलाई आलु प्रतिकिलो रु ४० मा बिक्री गर्दै आएका छन् । यहाँ उत्पादित आलु सबैभन्दा बढी पोखरामा निर्यात हुने किसानले बताएका छन् । “पोखराका व्यापारीले अग्रिम रुपमा किसानलाई पैसा बुझाएका हुन्छन्, आलु खन्नेबित्तिकै सिधै पोखरा लैजान्छन्”–योजना अधिकृत गुरुङले भन्नुभयो, “त्यसपछि म्याग्दी, काठमाडौँमा बढी बिक्री हुने गरेको छ ।”

उच्च हिमाली क्षेत्रमा उत्पादन हुने आलु तुलनात्मक रुपमा स्वादिलो हुने भएकाले यहाँको आलुको माग बढेको छ । जिल्लाका १६ वटै गाविसमा आलु उत्पादन हुने भए पनि तल्लो क्षेत्रका लेते, कोवाङ, टुकुचे, मार्फा र जोमसोम गाविसमा तुलनात्मक रुपमा बढी उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

गत आवमा जिल्लामा तीन हजार ५०० मेट्रिक टन आलु उत्पादन भएको थियो । उत्पादन बढाउन किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिएको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...