Monday, December 28, 2015

ठगी गर्दै हिँड्ने तीन जना पक्राउ

pakraauपथरी (मोरङ), १४ पुस । पूर्वी मोरङमा नक्कली सुनको गहना बनाई ठगी गर्दै हिँड्ने गिरोहका तीन जनालाई प्रहरीले इटहरा र उर्लाबारीबाट नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाले इटहरा–२ का कुमार विश्वकर्मा र सिजुवा–२ का मिलन सुनवारलाई गए राति इटहरा–६ स्थित उलुघुटुस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट रु ५० हजार र नक्कली सुनका दुईवटा गहना नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायब निरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुलाई बिहान नगद र बरामद सामग्रीसहित सार्वजनिक गरेको छ ।

यस्तै, नक्कली सुनको गहना बनाई सुनचाँदी व्यवसायीलाई ठग्ने गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरीले आजै उर्लाबारीका सागर विश्वकर्मालाई पनि नियन्त्रणमा लिएको छ । कुमारसँगको मिलोमतोमा नक्कली गहना बनाउने गरेको शङ्कामा अनुसन्धानका लागि सागरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...