Tuesday, December 1, 2015

रसुवागढीबाट चिनियाँ सामग्री भित्रिने क्रम बढ्यो

rasuwagadhi-custom-nepal-china-to-open-on-15-october-2015धुन्चे (रसुवा), १५ मङ्सिर । उत्तरी नाका रसुवागढी भई चीनबाट नेपाल भित्रने सामग्रीको परिणाम दिनानुदिन बढ्दै गएको छ ।

रसुवा भन्सार कार्यालय, टिमुरेका अनुसार सयौँ कन्टेनर केरुङबाट फर्की भन्सार परीक्षणका लागि लाइनमा बसिसकेका छन् भने आयातित सामानमा इलेक्ट्रिक तथा तयारी कपडालगायत छन् ।

भूकम्पपछि बन्द रहेको नाका गत असोज २९ गतेदेखि सञ्चालनमा आएपछि पेट्रोलियम पदार्थबाहेक सोमबार साँझसम्म रु एक करोड ७७ लाख ६३ हजार राजस्व उठिसकेको भन्सार अधिकृत फणिन्द्र अर्यालले जानकारी दिनुभयो ।

मितेरी पुलबाट रसुवाका नागरिकबाहेक अन्य नागरिकलाई केरुङ जान नदिएको, रसुवाका सवारी चालकले केरुङ पुगी कन्टेनर ल्याउन जनशक्ति नपुगेको, मालधनी समेत जान नपाउँदा आफूले मगाएको सामान एकसाथ नेपाल भित्रिन नपाएकाले कूटनीतिक पहलबाट एक दिने पास उपलब्ध गराइदिन सरकारसँग आग्रह गरिएको पासाङ ल्हामु कन्टेनर सङ्घका उपाध्यक्ष शशी अधिकारीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...