न्युयोर्कमा नेजा नाईट भव्यताकासाथ सम्पन्न, ख्यातीप्राप्त कलाकारहरुको सहभागीतान्युयोर्क, नेपाल अमेरिका पत्रकार संघ, नेजाले यहि नोभेम्वर २९ तारिख आईतवार आयोजना गरेको नेजा नाईट ऐतिहासिक र भव्यरुपमा सम्पन्न भएको छ । राष्टका ख्यातिप्राप्त कलाकारहरु महानायक राजेश हमाल, सफल नायक दिलीप रायमाझी, चर्चित हास्य कलाकार मनोज गजुरेल, चर्चित गायकहरु गायकद्धय यम वराल र कर्मा शेर्पा र एउटा खुट्टाको सहाराले आफ्नो कुशल नृत्य प्रस्तुत गर्ने रश्मि खरेलले एकै ठाउमा जम्मा भई आफ्ना रोचक र घोचक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
नेजा कल्याणकारी कोष स्थापनार्थ गत वर्षदेखी आयोजना गरिदै आएको नेजा नाईटलाई यसपटक नेजा नाईट टु भनेर नाम दिईएको थियो । महावाणिज्य दुतावास न्युयोर्कका महावाणिज्यदुत नारायण प्रसाद मैनालीको प्रमुख आथित्यमा न्युयोर्क स्थित गुल्शान टेरेसमा आयोजित यस पटकको नेजा नाईटमा भर्खरै सम्पन्न एनआरएन निर्वाचनमा विजयी उत्तर अमेरिकाका क्षेत्रिय संयोजक सोनाम लामा र न्युयोर्क स्थित नेपाली कलाकारहरुको साझा संस्था नेपाल अमेरिकन आर्टिष्ट एशोसिएसनका नवनिर्वाचित अध्यक्ष गायक सुमन वुढामगरलाई वधाई तथा सुभकामना प्रदान गरिएको थियो ।
Tuesday, December 1, 2015
न्युयोर्कमा “नेजा नाईट” भब्यताकासाथ सम्पन्न
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment