Thursday, December 31, 2015

फरक फरक घटनामा दुईकोृ मृत्यु

Road Accidentपरासी, १६ पुस । नवलपरासीमा आज भएको दुई फरक फरक घटनामा दुई जनाको ज्यान गएको छ ।

स्थानीय डेढगाउ गाविस–६ धारापानिमा एकजना पुरुषको शव फेला परेको छ । शव सो ठाउका ६९ वर्षीय झविलाल जिसीको रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मध्यविन्दु नगरपालिका–८ चौरेमा पर्खाल भत्किएर च्यापिँदा एक बालिकाको ज्यान गएको छ । इलाका प्रहरी कार्युालय नवलपुरले दिएको जानकारीअनुसार मध्यविन्दु–८ चौरेमा पुरुषोतम रिजालको घरमा डेरा गरी बस्ने कास्की लेखनाथ नगरपालिकाका–६ का नरबहादुर रोक्काको पाँच वर्षीया छोरी भूमिका रोक्काको घरको पर्खाल भत्किएर च्यापिँदा मृत्यु भएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...