Thursday, December 31, 2015

किसानलाई कृषि जलवायु मौसमसम्बन्धी सूचना मोबाइलमै

farmerकाठमाडोै, १६ पुस । नेपाल टेलिकम र कृषि विकास मन्त्रालय, कृषि व्यवस्थापन सूचना प्रणाली आयोजनाबीच किसानलाई कृषि जलवायु मौसमसम्बन्धी विशेष सूचना प्रवाह गर्न सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र नकर्मी र कृषि व्यवस्थापन सूचना प्रणाली आयोजनाका निर्देशक शिव नन्दन शाहले हस्ताक्षर गर्नुभयो ।
कार्यक्रमअनुसार किसानलाई रु एकसयको टक भ्यालुसहितको निःशुल्क किसान सीम उपलब्ध गराउनुका साथै स्तरीय सेवा प्रवाह गर्न ‘हाम्रो कृषि’ मोबाइल एप्लिकेसन, कृषि–पूर्व सूचना प्रणाली, टोल फ्रि नम्बर (१६६००१७७७७९), अडियो नोटिस, कृषि इन्फो एसएमएस जस्ता सेवा उपलब्ध गराइनेछ ।
एन्ड्रोइड स्मार्ट फोन भएका किसानले “हाम्रो कृषि” नामक एपबाट मौसमसम्बन्धी जानकारी, कृषि र प्रविधि, कृषि कार्यालयका नम्बर, बिमा अभिकर्तासमबन्धी जानकारी र अन्य सफलताका कथाहरूबारे जानकारी लिन सक्नेछन् ।
सम्झौताअनुसार प्रथम चरणमा आठजिल्ला, दोस्रो चरणमा आठ र तेस्रो चरणमा नौवटा गरी कूल २५ जिल्लामा कार्यक्रम सञ्चालन गरिनेछ ।

हस्ताक्षर कार्यक्रममा कृषि विकास मन्त्रालयका सहसचिव डा श्यामप्रसाद पौडेलले यस कार्यक्रमबाट किसान लाभान्वित हुने बताउनुभयो ।
नेपाल टेलिकमका प्रमुख व्यवसाय अधिकृत नकर्मीले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कृषि क्षेत्रको विकास तथा किसानको हितका लागि नेपाल टेलिकमले सहयोग गर्न पाएकोमा गौरवको महसुस भएको बताउनुभयो ।

टेलिकमले प्रथम चरणमा एक हजार ५०० र दोस्रो चरणमा चार हजारवटा सिम कार्ड (रु १०० को टक भ्यालुसहित) कृषि विकास मन्त्रालय, कृषि व्यवस्थापन सूचना प्रणाली आयोजनामार्फत किसानलाई निःशुल्क उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...