Friday, December 25, 2015

सङ्घीयताका कारण मुलुक जटिल परिस्थितिमा: उपप्रधानमन्त्री केसी

chitrabahadurरामपुर (पाल्पा), १० पुस । उपप्रधानमन्त्री तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सङ्घीयताकै कारण मुलुकमा राजनीतिक अस्थिरता र जटिल परिस्थिति सिर्जना भएको बताउनुभएको छ ।

पाल्पाको तानसेनमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले २०६२/६३ को जनआन्दोलनको जनभावना विपरीत एकाएक राष्ट्रले थेग्नै नसक्ने गरी सङ्घीयतामा जाने र प्रदेशको विभाजन गर्नु नै गलत भएको जिकिर गर्नुभयो ।

मुलुक पहिलेदेखि नै परनिर्भर हुने भएकाले अहिले जटिल समस्या उत्पन्न भएको जनाउँदै आत्मनिर्भर र स्वाभिमानी बन्न नसक्दा भारतले गरेको नाकाबन्दीले देशमा ठूलो प्रभाव परेको मन्त्री केसीको भनाइ थियो ।

भारतले अघोषित रुपमा नाकाबन्दी गरेका कारण चीनसँग व्यापारिक सम्बन्ध जोडेर अत्यावश्यक वस्तु आयात गर्नतर्फ सरकार लागेको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...