Friday, December 25, 2015

आगलागीबाट २५ लाखभन्दा बढीको क्षति

aaglaagiसुरुङ्गा (झापा), १० पुस । झापाको शनिअर्जुन नगरपालिका–३ बागेडाँगी निवासी मौलाधन राईको घरमा गएराति आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ ।

खोले पकाउन गोठमा बालेको आगो टाटीमा सल्किएर भएको आगलागीका कारण राईको घर, गोठ र भान्साघर पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । आगलागीबाट घरमा रहेको धनमाल, अन्नपात, लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगलागीका कारण गोठमा रहेका गाई र बहर पनि मरेको इप्रका, बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

आगो स्थानीयवासी, प्रहरी र बिर्तामोड नगरपालिकाको वारुणयन्त्रले राति अबेरमात्रै नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...