Friday, December 25, 2015

स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

ambulance7इलाम, १० पुस । जिल्ला जनस्वास्थ्य कार्यालय इलामले चुलाचुलीमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स प्रदान गरेको छ ।

चुलाचुली गाविसमा सञ्चालित घुम्ती शिविरको बिहीबार उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले उक्त एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालमा रहेको दुईवटा एम्बुलेन्समध्ये एउटा उक्त चौकीलाई हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख राजकुमार पोखरेलले बताउनुभयो ।

यसअघि स्वास्थ्य चौकीमा एम्बुलेन्स नहुँदा दुर्गम भेगका बासिन्दालाई घन्टौँसम्म पिठ्युमा बोकेर झापाको दमकसम्म पु¥याउनुपर्ने बाध्यता थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...