Friday, December 25, 2015

बसको ढोकाबाट खसेर गाडी साहुकै मृत्यु

रत्ननगर (चितवन), १० पुस । पश्चिम चितवनको पटिहानीमा बसको ढोकाबाट खसेर गाडी साहुकै मृत्यु भएको छ ।

गएराति माडीबाट नारायणगढ आउँदै गरेको ना५ख १०८७ नंको बसको ढोकाबाट खसेर सोही गाडीका सामु भरतपुर– १२ का ४५ वर्षीय विष्णुप्रसाद सापकोटाको मृत्यु भएको जिप्रका चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गएराति भएको उक्त दुर्घटनामा गम्भीर भएका सापकोटाको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा मृत्युभएको हो ।

उनको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ । गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पछिल्लो समयमा इन्धन अभावका कारण सवारी कम चलेपछि बसको ढोका र छतमा बसेर यात्रा गर्ने क्रम बढेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...