Monday, December 28, 2015

गाँजा खेती नष्ट

gaajaलहान, १४ पुस । सिरहाको मिर्चैया नगरपालिका–१ रामपुर विर्तामा स्थानीयले लगाएको गाँजा प्रहरी टोलीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया–१ स्थित रामपुर विर्तामा करिब दुई बिगाहा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको हो ।

गाँजा फडानी अभियानअन्तर्गत उक्त स्थानमा स्थानीयले लगाएको गाँजा खेती नष्ट गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो ।

यसअघि इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले सिरहाको दुर्गापुर–४ मा करिब ८०० र गोलबजार नगरपालिका–८ चोहर्वामा ९०० भन्दा बढी गाँजाका बोट नष्ट गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...