Thursday, December 31, 2015

ज्येष्ठ नागरिक स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्न सकेन

100-year-old local resident Babou Zay holds his walking stick as he talks to a journalist about his damaged house near Mingora in Pakistan's Swat Valleyबेनी (म्याग्दी), १७ पुस । विपन्न वर्गका ज्येष्ठ नागरिकलाई सर्वसुलभरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन जिल्लामा सञ्चालन गरिएको ज्येष्ठ नागरिक स्वास्थ्य उपचार सेवा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन ।

महिला विकास कार्यालयले आव २०६४/६५ देखि लागू गरेको सो कार्यक्रममार्फत हालसम्म जम्मा २०० जना ज्येष्ठ नागरिकले मात्र सेवा लिइसकेका छन् । महिला विकास कार्यालय म्याग्दीका अनुसार झन्झटिलो प्रक्रिया र जनचेनता कमीका कारण कार्यक्रम प्रभावकारी बन्न नसकेको हो ।

कार्यक्रममार्फत कार्यालयले सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराएर निजी क्लिनिकबाट औषधि खरिद गर्ने र वृद्धवृद्धाको औषधि शुल्क तिर्ने व्यवस्था मिलाएको छ । विपन्न वर्गका ६५ वर्षभन्दा बढी उमेरकाले एक वर्षमा दुईपटक सो सेवा लिन पाउँछन् ।
जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराएर निजी क्लिनिकबाट औषधि किन्ने वृद्धवृद्धालाई एकपटकमा औषधि किन्नका लागि कम्तीमा रु दुई हजार उपलब्ध गराउन सकिने व्यवस्था भए पनि सेवा लिनेको सङ्ख्या न्यून भएको महिला विकास कार्यालयले जनाएको छ ।
सेवा लिने वृद्धवृद्धाले सम्बन्धित गाविसबाट पारिवारिक आर्थिक अवस्थाबारे सिफारिस पनि लिनुपर्छ । सिफारिस लिएपछि कार्यालयले रु दुई हजारबराबरको औषधि उपचारका लागि सहयोग गर्ने गर्दछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...