Thursday, December 31, 2015

वृद्धवृद्धालाई न्यानो कपडा वितरण

पथरी (मोरङ), १७ पुस । एनएमबी बैंकले विराटेश्वर वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई भोजन गराउनुका साथै न्यानो कपडा वितरण गरेको छ ।

सो बैंकले आफ्नो २०औँ वार्षिकोत्सवका क्रममा बिहीबार बेलुका वृद्धाश्रममा रहेका २५ वृद्धवृद्धालाई न्यानो कपडा वितरणका साथै भोजन गराएको बैंकका शाखा प्रमुख राजेश तिम्सिनाले बताउनुभयो ।

बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्व बोध गर्दै आफन्तबाट टाढा रहेर वृद्धाश्रममा रहेका आमालाई न्यानो कपडा वितरण तथा भोजनको व्यवस्था गरिँदै आएको जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...