Friday, December 25, 2015

प्रहरीद्वारा दुई हजार गाँजाको बोट नष्ट

gaajaलहान, ११ पुस । सिरहा प्रहरीले गाँजा फँडानी अभियानअन्तर्गत दुई दिनको अवधिमा सिरहाको विभिन्न स्थानमा दुई हजारभन्दा बढी गाँजाको बोट फँडानी गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएका टोलीले सिरहाको दुर्गापुर गाविस–४ मा विभिन्न व्यक्तिले खेत तथा बारीमा लगाइएको अन्दाजी ८०० गाँजाका बोट नष्ट गरेको हो ।

यसअघि बुधबार साँझ प्रहरीले गोलबजार नगरपालिका–८ चोहर्वामा स्थानीयले जग्गामा लगाएको ९०० भन्दा बढी गाँजाका बोट नष्ट गरेका थिए ।

लामो समयदेखि जारी आम हडतालका कारण प्रहरी राजमार्गमा बढी केन्द्रित हुने गरेकाले ग्रामीण क्षेत्रमा गाँजाखेती फस्टाएको विभिन्न सञ्चारमाध्यममा आएपछि सिरहा प्रहरीले गाँजा फँडानी अभियान सुरु गरेको हो ।

सिरहाको बडहारामाल, कर्जन्हा, कल्याणपुर कालाबन्जर, राघोपुर, महेशपुर पतारी, फूलबरीया, असनपुर, गोलबजार नगरपालिका, तेतरीया, चन्द्रलालपुर, कसहा, मुक्सार, गोविन्दपुर, ढोढना, सोनामती मझौरा, हरीपुरलगायतका स्थानमा गाँजाखेती भइरहेको स्थानीयवासीले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...