Friday, December 25, 2015

गाडीको ठक्करबाट मृत्यु

Chitwan_district_locationचितवन, ११ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिका–८ लक्ष्मीनारायण चोकमा गएराति नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भण्डाराले दिएको जानकारीअनुसार सोही नगरपालिका–५ चौकीडाँडा निवासी ३५ वर्षीय ज्ञानबहादुर लामाको सवारीले ठक्कर दिँदा मृत्यु भएको हो ।

प्रहरी निरीक्षक महेन्द्रबहादुर थापाका अनुसार राति १२ बजे काठमाडौँबाट आएका लामा गाडीबाट झरेर बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए । प्रहरीको गाडीले उपचारको लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थापाले बताउनुभयो ।
प्रत्यक्षदर्शीका अनुसार सानो गाडीको साइरन बलिरहेकाले एम्बुलेन्स हुनसक्ने आशङ्का गरिएको भए पनि ठक्कर दिने सवारीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...