Friday, December 25, 2015

निःशुल्क आँखा शिविरबाट चार सय लाभान्वित

eyeबाबियाचौर (म्याग्दी), ११ पुस । म्याग्दीको दुई छुट्टाछुट्टै स्थानमा शुक्रबार आयोजित निःशुल्क आँखा शिविरबाट ४०० जना लाभान्वित भएका छन् ।

बेनीमा रहेका लायन्स क्लबले पाखापानी र भगवतीमा संयुक्तरुपमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । भगवतीको शिविरमा २८१ र पाखापानीमा ११९ जनाले सेवा लिएका लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष कुविर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार भगवतीमा पहिचान भएका १७ जना र पाखापानीका पाँच मोतीबिन्दुका बिरामीलाई बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ । शिविरमा आँखा परीक्षण, परामर्शका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...