Friday, December 25, 2015

पाथीभरा मन्दिरमा आर्थिक अनियमिततामा परेको उजुरीमा छानबिन सुरू

Pathibhara-Yatra_4इलाम, ११ पुस । इलामको कोल्बुङमा रहेको पाथीभरा मन्दिरमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरूप्रयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन सुरू भएको छ ।

अख्तियारले संस्कृति तथा पर्यटन मन्त्रालयलाई छानबिन गरी सत्यतथ्य विवरण पेस गर्न निर्देशन दिएपछि जिल्ला प्रशासनबाट मन्दिरमा छानबिन थालिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोको संयोजकत्वमा सदस्य जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडा र कोल्बुङ गाविसका सचिव नेत्र पोखरेलको समितिले पाथीभरा संरक्षण संस्थाको आर्थिक क्रियाकलापको छानबिन थालेको हो ।

मन्दिर पुग्ने बाटो निर्माणमा अनियमितता भएको, भक्तजनले मन्दिरमा चढाएको भेटी पारदर्शी नभएको, पुजारीबाट लिइनुपर्ने रकम नलिई हटाइएको, मन्दिरमा चढाउने सुन/चाँदीलगायतका अन्य जिन्सी सामानको लगत नराखिएको भन्दै गत वैशाखमा अख्तियारमा उजुरी परेको थियो ।

छानबिन समितिले स्थानीय र पाथीभरा संरक्षण संस्थाका पदाधिकारी र सदस्यसँग स्थलगत जानकारी लिइसकेको छ । “हामी प्रारम्भिक चरणकै अनुसन्धानमा छौँ” सहायक प्रजिअ फागोले भन्नुभयो “कागजात मगाएका छौँ, त्यसको विस्तृत अध्ययन गरेपछि मात्रै सत्य कुरा बाहिर आउँछ ।” संरक्षण संस्थाका अध्यक्ष दौलत राईले छानबिन समितिले मागेका कागजात बुझाइसकेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...