Sunday, December 27, 2015

राष्ट्रपतिमाथि जनकपुरमा भएको अपमानजक व्यबहारबारे गृहमन्त्रीबाट जानकारी

काठमाडौँ, १२ पुस । व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले सार्वजनिक महत्वका केही विषयमा सरकारको धारणा प्रस्तुत गर्दै यही पुस १ गते जनकपुरमा भएको घटनाबारे जानकारी गराउनुभयो ।

उहाँले जनकपुरमा राष्ट्रपतिमाथि भएको अपमानजक एवम् अभद्र व्यवहारको सरकारले निन्दा गरेको र उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा तीनवटै सुरक्षा निकायका उच्च पदाधिकारी सम्मिलित छानबिन टोली गठन गरिएको जानकारी दिनुभयो ।

जानकी मन्दिरमा तोडफोड तथा राष्ट्रपतिमाथि पेट्रोल बम प्रहार गरेको अभियोगमा ११ पुरुष र चार महिला पक्राउ परेकामा तीन जनालाई सार्वजनिक अपराध ऐन र एकलाई प्राचीन स्मारक ऐनअन्तर्गत कारबाही अघि बढाइएको गृहमन्त्रीले बताउनुभयो ।

राष्ट्राध्यक्षमाथि अभद्र व्यवहार गर्ने तथा जानकी मन्दिरका महन्थमाथि कुटपिट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि सरकार प्रतिवद्ध रहेको उहाँले स्पष्ट गर्नुभयो ।

वार्ता र संवादको माध्यमबाटै तराई–मधेसमा जारी आन्दोलन समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले इन्धनलगायत दैनिक उपभोग्यका सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउन बिना अवरोध राजमार्ग सञ्चालन गर्न सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो ।

तराई मधेसमा केन्दंीत दलका सासदको होहल्ला र नाराबाजीकाबीच गृहमन्त्रीले सार्वजनिक महत्वको विषयमा सरकारको धारणा प्रस्तुत गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...