Sunday, December 27, 2015

रेग्मी राष्ट्रिय शान्ति पुरस्कार वैद्य र उडलाई

काठमाडौँ, १२ पुस । डा डिल्लीरमण रेग्मी प्रतिष्ठानले यस वर्षको ‘डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार’ प्रा तुलसीराम वैद्यलाई प्रदान गर्ने निर्णय गरेको छ ।

वैद्यले लामो समयदेखि इतिहास, संस्कृति तथा अनुसन्धनमा योगदान पु¥याएबापत सो पुरस्कार दिन लागिएको हो । त्यस्तै ‘डा डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार’ संयुक्त राज्य अमेरिकाका नागरिक जोन उडलाई प्रदान गरिने भएको छ । ‘रुम टु रिड’ नामक सामाजिक संस्था स्थापना गरी विश्वका विभिन्न मुलुकमा शिक्षाको विकासमा उडले योगदान गरेकाले सो पुरस्कार प्रदान गर्न लागिएको हो ।

डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिको सिफारिसमा पुरस्कार दिने निर्णय गरिएको प्रतिष्ठानका लसदस्यसचिव एवम् रेग्मी स्मृति–पुस्तकालायका प्रमुख भोलाकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारको राशि रु एक लाख छ । पुरस्कार आगामी जेठ ८ गते बुद्धजयन्तीका दिन प्रदान गरिने छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...