Monday, December 28, 2015

पत्रकार झालाई आर्थिक सहयोग

पानीट्याङ्की (मोरङ), १४ पुस । समाचार सङ्कलनका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पत्रकार अवधेशकुमार झालाई इन्सेक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक सहयोग गरेको छ ।

पाँच दिनअघि विराटनगरको महावीर चौकमा मधेसी मोर्चाको जुलुसको समाचार सङ्कलन गर्ने क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पत्रकार झालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले रु १५ हजार आर्थिक सहयोग गरेको हो ।

इन्सेकले स्थापना गरेको पत्रकार सुरक्षा कोषबाट कान्तिपुरकर्मी झालाई उपचार खर्चबापत आर्थिक सहायता प्रदान गरिएको इन्सेकका पूर्वाञ्चल संयोजक सोमराज थापाले जानकारी गराउनुभयो ।

नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष महेन्द्र विष्ट, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लीलावल्लभ घिमिरे र मानव अधिकारकर्मी दिपेन न्यौपानेसहितको टोलीले घरमै स्वास्थ्यलाभ गरिरहेका पत्रकार झाको अवस्थाबारे सोमबार जानकारी लिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...