Wednesday, December 2, 2015

इन्धन अभावका कारण सुन्तला बोटमै कुहिन थाले

suntala-fast-photoलमजुङ, १७ मङ्सिर । लगातारको तराई बन्द र भारतीय नाकाबन्दीका कारण लमजुङका सुन्तला कृषकले बगैँचामा उत्पादन भएका सुन्तला बजारसम्म लैजान पाएका छैनन् ।

तिहारलगत्तै बगैँचामा सुन्तला पाकिसकेको भए पनि बन्द हडतालले आफूहरुलाई समस्या परेको कृषकले गुनासो गरेका छन् ।

अघिल्ला वर्षहरुमा तिहार सकिएलगत्तै जिल्लामा उत्पादित सुन्तला ठेकेदारहरु आएर लैजाने गरे पनि इन्धन अभावका कारण यसवर्ष बोटमै कुहिन थालेपछि कृषक दुःखी भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले लमजुङको चिती र उदिपुरलाई सुन्तलाको पकेट क्षेत्रका रुपमा विकास गरेको छ । जिल्लामा अघिल्लो आवमा ५४० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । लमजुङको चिती, उदिपुर, दुराडाँडा, राइनस मोहोरीयालगायतका ठाउँमा व्यावसायिक सुन्तलाखेती हुँदै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...