Wednesday, December 2, 2015

भूकम्पपीडितलाई अन्न भण्डारणमा समस्या

गोरखा, १७ मङ्सिर । गोरखाका भूकम्पपीडितले अन्न भण्डारणमा समस्या भएको बताएका छन् । भूकम्पले घर भत्केपछि सात महिनादेखि टहरोमा बस्दै आएका किसानले धान, मकै, कोदोलगायत बाली थन्क्याउन समस्या भएको बताएका हुन् ।

लापु गाविस– ३ का धनबहादुर गुरुङले कोदो थन्काउने ठाउँ नहुँदा ढुसी आएको बताउनुभयो । उहाँले भन्नुभयो – “चित्रोको भकारीमा राखेको कोदो चिसोले गर्दा बिग्रियो ।” किसानले बारीको पाटा सम्याएर अन्न भण्डारण गर्दै आएका छन् ।

अन्न भण्डारणका साथै चिसोले गर्दा वृद्धवृद्धा र केटाकेटी बिरामी पर्न थालेको अर्का भूकम्पपीडित सुकबहादुर गुरुङले बताउनुभयो । “साँघुरो टहरोमा कहाँ मान्छे बस्ने, कहाँ अन्न राख्ने ?” उहाँले भन्नुभयो – “मकैलाई थाक्रोमा राखेका छौँ । धान र कोदो भण्डारणमा समस्या भयो ।”

गोरखाको क्षेत्र नं १ र २ का अधिकांश गाविसमा धानखेती गरिन्छ । क्षेत्र नं ३ मा भने कोदो, गहुँ, फापर, जौलगायत जातका बालीको खेती गरिँदै आएको जिल्ला कृषि विकास कार्यालय गोरखाले जनाएको छ ।

भूकम्पपीडित किसानलाई खेती भण्डारणका लागि जिल्लाको १० ठाउँमा सामूहिक खेती भण्डारण भवन निर्माण गर्न लागिएको जानकारी वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...