Saturday, December 5, 2015

अमेरिकामा पनि पेसालाई निरन्तरता दिन सकेकोमा गर्व छ :कलाकार राजेन्द्र केसी

rajendraअमेरिकाको डिसी महानगर क्षेत्रमा नेपाली मूलका कलाकार /चित्रकार राजेन्द्र केसी जम्दै छन् l सन् १९९६ देखि नै ब्यबसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा केवल चित्रकलालाई मात्र अगाल्न नसकिने बताए l

काठमाडौँ जावलाखेल घर भै झन्डै ७ बर्ष अगाडी सपरिवार अमेरिका आएका केसीले आफ्नो पेशालाई अमेरिकामा पनि निरन्तरता दिदै आएका छन् l उनि हरेक हप्ता प्रत्यक्ष चित्र बनाउन घुमी रहन्छन भने उनले बनाएको चित्रकला पटक पटक सम्मानित भएको छ l केसी तेल रगं तथा जल रंग बनाउछन l

chitra 4प्रारम्भिक चरणमा नेपाल बाट अमेरिका आउदा आफु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न नपाउदा उकुस मुकुस भएको बताए l अमेरिकाका स्थानीय बिदेशी कलाकारहरु संग हातेमालो गरे पछि आफु पनि बिदेशी संग अगाडी बढ्न मार्ग खुलेको बताए l

भर्जिनियाको फल्स चर्चमा उनले आफ्नो चित्रकला कक्ष पनि स्थापना गरि एक मात्र नेपाली कलाकार बन्न पुगेका छन् l केसी भन्छन नेपाली चित्रकारहरु बिदेशी नागरिक अमेरिकनहरूको तुलनामा कुनै कम छैनन l १९९६ देखि नै ब्यबसायिक रुपमा यो पेसामा रहेको बताए l

chitra 1 chitra 5 chitra 2

rajendra 2

उनीले व्यक्त गरेको छोटो श्रब्य दृश्य (भिडियो )

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...