Saturday, December 26, 2015

वार्ताबाटै समाधान खोज्न पौडेलको आग्रह

ramchandra-paudelवालिङ, १२ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्दोलनरत मधेसी दललाई वार्ताबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियन स्याङ्जाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मधेसवादी दलले गरेको आन्दोलनले जनतालाई सास्ती भइरहेको छ, जनतालाई दुःख दिएर गरिएको आन्दोलनबाट समाधान निस्कदैन, त्यसैले वार्तामा बसेर समाधानतर्फ लाग्नु उचित हुनेछ ।”

नयाँ संविधानले सबै पक्षको हक र अधिकारलाई सुनिश्चित गरेको उहाँको दाबी थियो । “संविधानले दिएका उपलब्धिको रक्षा गर्नु सबैको दायित्व हो”–उपसभापति पौडेलले भन्नुभयो, “यदि नसमेटिएका विषय भए संविधान संशोधनमार्फत समावेश गर्न सकिन्छ, जसका लागि संसद् चल्नु र आपसी वार्तामा बस्नु आवश्यक छ ।”

अहिलेको सरकारले जुन अपेक्षाअनुसार काम गर्नुपथ्र्यो त्योअनुसार काम गर्न नसकेको उहाँको भनाइ थियो ।

काँग्रेस नेता–कार्यकर्तामा आफू पार्टी सभापति हुनुपर्ने बताउँदै उपसभापति पौडेलले त्यसका लागि पार्टीभित्र औपचारिक काम भने गर्न बाँकी रहेको धारणा व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...