Saturday, December 26, 2015

प्रसारणको तार चुँडिएपछि उत्पादन प्रभावित

धुन्चे (रसुवा), १२ पुस । जिल्लाको राम्चे गाविसको ग्राङ भन्ने स्थानमा राष्ट्रिय प्रसारणको तार चुँडिएका कारण २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको उत्पादन प्रभावित भएको छ ।

सेवा अवरुद्ध हुँदा विद्युतीय उपकरणबाट हुने सबै सरकारी तथा स्थानीय जनताको सेवा प्रभावित छन् । नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाले मर्मतसम्भार सुरु गरिएको जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...